Section 1
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
:(१) यस ऐनको नाम “वैदेशिक रोजगार ऐन, २०६४” रहेको छ ।
(२) यो ऐन नेपालभर लागू हुनेछ र कसैले नेपालबाहिर बसी यस ऐन विपरीतका कार्य गरेमा निजको हकमा समेत यो ऐन लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।